राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा न्यौपाने, शपथ ४ बजे
बुधबार, ११ भदौ २०८२, ११ : ०३
सारांश
- नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ।
- न्यौपानेको शपथ ग्रहण समारोह बुधबार दिउँसो ४ बजे सिंहदरबारमा हुनेछ।
- रामहरि खतिवडाले राजीनामा दिएपछि न्यौपाने सभापति पदमा आउनुभएको हो।
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा निर्विरोध निर्वाचित भएकी नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको शपथ बुधवार ४ बजे हुने भएको छ । संघीय संसद् सचिवालयले दिउँसो ४ बजे सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा हुने जानकारी दिएको छ ।
समिति सभापतिमा उम्मेदवारी दिन संघीय संसद् सचिवालयले तोकेको मंगलबार दिउँसो एक बजेदेखि ४ बजेसम्मको समयमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी थिइन् ।
समिति सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण