५३ अङ्कले बजार बढ्दा पनि घट्ने यी हुन् १९ कम्पनी
काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक करिब ५३ अङ्कले बढ्यो । यो दिन २४९ वटा कम्पनीको सेयर कारोबार हुँदा २३२ कम्पनीको मूल्य बढ्याे ।
बजारमा उत्साहजनक वृद्धिका बाबजुद आज १९ वटा कम्पनीको मूल्य घटेको छ । सबैभन्दा धेरै गिरावट नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा भयो ।उक्त कम्पनीको मूल्य ४.२९ प्रतिशतले घटेर ५३४.८० रुपैयाँमा झरेको छ ।
त्यस्तै सीआईसी नेपाल लघुवित्तको ३.०५ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकले २.०७ प्रतिशत, पियोर इनर्जीको २.०२ प्रतिशतले मूल्य घटेको छ ।
त्यसबाहेक १ प्रतिशत भन्दा धेरै मूल्य घट्नेमा सिक्लेस हाइड्रोपावर र आत्मनिर्भर लघुवित्त रहेका छन् । बाँकी कम्पनीको मूल्य १ प्रतिशत भन्दा कमले घटेको छ ।
महुली लघुवित्त, विन्धवासिनी हाइड्रोपावर, सुपर माई हाइड्रोपावर, अभियान लघुवित्त, साना किसान विकास लघुवित्त, महिला लघुवित्त, कालिञ्चिोक दर्शन, सामुदायिक लघुवित्त, डोल्टी पावर कम्पनी, बोटलर्स नेपाल तराई, रसुवागढी हाइड्रोपावर र सान्भी इनर्जीको मूल्य समेत यो अवधिमा घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण