शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपाको उम्मेदवार छनोटको प्रारम्भिक निर्वाचन आजदेखि

बिहीबार, १२ भदौ २०८२, ०८ : १८
बिहीबार, १२ भदौ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ मा हुने निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ।
  • पार्टी सदस्य, तहगत समिति सदस्य र केन्द्रीय सदस्यले मोबाइल एपमार्फत मतदान गर्नेछन्।
  • प्रारम्भिक निर्वाचनको नतिजा भदौ १५ गते सार्वजनिक गरिनेछ, जसमा ५० प्रतिशत भाराङ्क निर्धारण गरिएको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि  उम्मेदवार छनोट विधि अन्तर्गत ‌ दोस्रो चरणको प्रारम्भिक निर्वाचन सुरु गरेको छ ।

रास्वपाका सहमहामन्त्री विपिन आचार्यका अनुसार आज बिहान ७ बजेदेखि भोलि साँझ ७ बजेसम्म रुपन्देही–३ का पार्टी सदस्यहरू, पार्टीका तहगत समितिमा रहेका  सदस्यहरू‌ र केन्द्रीय समिति सदस्यहरूले पार्टीको मोबाइल एपमार्फत आफूलाई मन परेका नौ उम्मेदवारमध्ये एक उम्मेदवारलाई आफ्नो मत दिन पाउनेछन्। यदि कोही मन परेन भने नन अफ द अभव (नाटा) मा पनि मतदान गर्न पाउनेछन्। 

उम्मेदवार छनोट विधि प्रक्रिया अन्तर्गत प्रारम्भिक निर्वाचनको कुल भाराङ्क ५० प्रतिशत रहेको उनले बताए । प्रारम्भिक निर्वाचनको  भाराङ्कलाई तीन पक्षमा बाँडिएको छ। जस अन्तर्गत  रुपन्देही–३ का पार्टी सदस्यहरूको मतदानको भाराङ्क ८० प्रतिशत, रुपन्देही–३ भित्र मतदाता रहेका पार्टीका तहगत समितिका सदस्यहरूको मतदानको भाराङ्क १० प्रतिशत   र केन्द्रीय समिति सदस्यहरूको मतदानको भाराङ्क १० प्रतिशत  रहेको छ।

डिजिटल डेमोक्रेसीलाई स्थापनाकालदेखि नै पार्टीको आधारभूत डीएनए बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक प्रारम्भिक निर्वाचनमा सहभागी हुन सम्बन्धित सबैलाई आचार्यले आह्वान गरेका छन् ।

पहिलो चरण अन्तर्गत ५० प्रतिशत मत रहेको लिडरशिप एकेडमी, पोल्टिकल प्रोग्जेमिटी र समावेशी अन्तर्गत प्रक्रिया पूरा भएको आचार्यले बताए । प्रारम्भिक निर्वाचनको परिणाम आएपछि भदौ १५ गते उम्मेदवार घोषणा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप