काठमाडौँ र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी
बिहीबार, १२ भदौ २०८२, १२ : १३
सारांश
- काठमाडौँ र ललितपुरमा बुधबार लाखौँको धनमाल चोरी भएको छ।
- काठमाडौँमा एक व्यक्तिको कोठाबाट सुनका गहना र नगद सहित ९ लाख बढीको चोरी भएको छ।
- ललितपुरमा एक पसलबाट २ लाख नगद चोरी भएको छ, प्रहरीले चोरको खोजी गरिरहेको छ।
काठमाडौँ । काठमाडौँ र ललितपुरमा बुधबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरको कोठाबाट सुनका विभिन्न गरगहना र नगद १ लाख ७० हजार रुपैयाँ समेत गरी करिब ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।
यसै गरी ललितपुरको ललितपुर महानगरपालिका-२५ खोकना दोबाटोस्थित मोहन कृष्ण महर्जनको पसलबाट नगद २ लाख रुपैयाँ बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण