उपेन्द्रले ओलीलाई भने– हेलिकप्टरको तेल मात्र खर्च गर्ने कि समस्या पनि हल गर्ने ?
सारांश
- उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई उखु किसानको आन्दोलनप्रति संवेदनशील बन्न आग्रह गरे।
- यादवले किसानका समस्या समाधानका नाममा आएको अनुदानको सदुपयोग नभएको गुनासो गरे।
- उनले सरकारले मधेसका किसानलाई उपेक्षा गरेको आरोप लगाउँदै वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरे।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उखु किसानको आन्दोलनप्रति संवेदनशील बन्न आग्रह गरेका छन् ।
बिहीबार उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनले सो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री ओलीलाई भने– ‘हेलिकप्टरको तेल मात्र खर्च गर्ने हो कि समस्या पनि हल गर्ने हो ?’
प्रधानमन्त्री ओली केही महिनाअघि मधेसको खडेरी अवलोकन गर्न हेलिकप्टरबाट मधेस गएका थिए । अवलोकनपछि उनले मधेसलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेका थिए ।
अध्यक्ष यादवले किसानका समस्या समाधानका नाममा अनुदान र सहयोग आए पनि त्यसको सदुपयोग नभएको गुनासो गरे । ‘किसानका नाममा आएका सहयोग र अनुदानको सही सदुपयोग भएको भए किसानका सबै समस्या समाधान हुन्थ्यो तर ती सबै दुरुपयोग भएका कारण अहिले किसानको अवस्था यस्तो भयो’ उनले टिप्पणी गरे ।
सरकारले मधेसका किसानलाई निरन्तर उपेक्षा गरेको आरोप लगाउँदै उनले राणाकालदेखि नै मधेसका किसानको अनुहार मन नपरेपछि उसलाई पेल्ने प्रवृत्ति देखिएको आरोप लगाए ।
किसानको समस्या समाधान गर्ने जवाफ प्रधानमन्त्री ओलीले दिनुपर्ने बताउँदै उनले आन्दोलनरत किसानसँग वार्ता र संवाद गरेर न्यायोचित समाधान गर्न समेत आग्रह गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण