सिंहदरबारका क्यान्टिनमै अनियमितता, ठगिँदै उपभोक्ता
सारांश
- सिंहदरबारका क्यान्टिनहरूमा उपभोक्ता ठगी भइरहेको पाइएको छ, जहाँ अत्यधिक मूल्य असुल्ने गरेको भेटिएको छ।
- अनुगमनका क्रममा क्यान्टिन सञ्चालकहरूले टेन्डरमा कम मूल्य देखाएर पछि बढी शुल्क लिने गरेको र बिल पनि नदिने गरेको पाइएको छ।
- विभागले सिंहदरबार, सर्वोच्च अदालत र वीर अस्पतालका क्यान्टिनहरूमा अनुगमन गरेको थियो, जसमा केहीलाई जरिवाना र केहीलाई स्पष्टीकरण सोधिएको छ।
काठमाडौँ । सिंहदरबारभित्र सञ्चालित क्यान्टिनहरूमा वस्तुको मूल्यमा अनियमितता र उपभोक्ता ठगी भइरहेको पाइएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनअनुसार, यी क्यान्टिनहरूले टेन्डरमा सस्तो मूल्य देखाएर पछि उपभोक्ताबाट अत्यधिक शुल्क असुल्ने गरेको भेटिएको छ ।
विभागका अनुसार, सिंहदरबारसहित प्रमुख सरकारी निकायहरूका क्यान्टिन सञ्चालकहरूले टेन्डर प्रक्रियामा प्रतिस्पर्धा जित्नका लागि चिया ५ रुपैयाँ, अण्डा ५ रुपैयाँ र लस्सी १५ रुपैयाँ जस्ता अत्यन्तै कम मूल्यहरू उल्लेख गर्ने गरेको तर, टेन्डर प्राप्त गरेपछि उनीहरूले सोही चियालाई २० रुपैयाँ र लस्सीलाई ५० रुपैयाँसम्ममा बेच्ने गरेको पाइएको छ ।
विभागले गरेको बजार अनुगमनमा टेन्डरमा तोकिएको मूल्यभन्दा तीनदेखि चार गुणा बढी मूल्य असुल गर्ने पाइएको विभागले जनाएको छ ।
साथै यी क्यान्टिनहरूले उपभोक्ताबाट लिएको पैसाको बिलसमेत जारी नगर्ने र सम्झौता बमोजिमको सेवा र मूल्य सूची पनि पालना नगरिएको र सम्झौताका कागजात तथा मेनुहरू पनि उपलब्ध नगराइएको भेटिएको छ ।
यो समस्या सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा मात्र सीमित नरहेको र सर्वोच्च अदालत तथा वीर अस्पतालका क्यान्टिनहरूमा पनि यस्तै किसिमको विकृति देखिएको विभागले जनाएको छ ।
विभागले बिहीबार १४ वटा फर्ममा अनुगमन गरेको थियो । यसमध्ये ६ वटा होटल रेस्टुरेन्ट तथा क्यान्टिनमा अनुगमन गरेको थियो ।
यसमध्ये खरिद बिलबिजक नराखेको पाइएपछि बागबजारको पद्मकन्या क्याम्पसको बागेश्वरी चमेना गृहलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ ।
यस्तै सिंहदरबारका दुई क्यान्टिन, नेपाल ल क्याम्पसको क्यान्टिनसहित ५ वटा होटल तथा रेस्टुरेन्टलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यसैगरी खरिद बिलबिजक नराखेको पाइएपछि जावलाखेलको रेडिमेड कपडा पसललाई २० हजार रुपैयाँ जरिवाना गराएको छ । यट्खाकाे न्यू सनसाइन विड्स सपलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ ।
यस्तै अन्य ६ वटा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण