रूसी आक्रमणमा १७ जनाको मृत्यु र ईयूको मुख्यालयमा क्षति पुगेपछि युरोपेली नेताहरू आक्रोशित
काठमाडौँ । युरोपेली सङ्घ (ईयू) को कार्यकारी आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाएनले कीएभमा भएको रुसको हालसम्मकै भीषण आक्रमणप्रति आक्रोश व्यक्त गरेकी छन् ।
यो आक्रमण जुलाईपछि राजधानीमा भएको सबैभन्दा घातक आक्रमण भएको बताइएको छ, जसमा ईयूको प्रतिनिधि कार्यालयसमेत क्षतिग्रस्त भएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा ४ बालबालिकासहित १७ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् । पाँच तले आवासीय भवन पूर्ण रूपमा ध्वस्त भएको छ । आक्रमणमा ईयू मिसन र नजिकैको ब्रिटिस काउन्सिलको कार्यालय पनि क्षतिग्रस्त भएको छ ।
उक्त घटनाबारे कडा प्रतिक्रिया दिँदै भोन डेर लाएनले भनिन्, ‘रुसी मिसाइलहरू ईयू प्रतिनिधिमण्डलको कार्यालयदेखि करिब ५० मिटरको दूरीमा २० सेकेन्डको अन्तरालमा प्रहार भए ।’
अमेरिका नेतृत्वको कूटनीतिक पहलमार्फत युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला भएको यस आक्रमणले बेलायत र ईयूलाई झन् आक्रोशित बनाएको छ ।
बेलायती प्रधानमन्त्री कियर स्टार्मरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘शान्तिको आशालाई नष्ट गर्ने काम गरेको’ आरोप लगाए भने, ईयूका परराष्ट्र नीतिका प्रमुख काया कल्लासले यसलाई “तनाव बढाउने र शान्ति प्रयासको उपहास गर्ने जानाजानी गरिएको निर्णय” भनेकी छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘रुसले वार्ताको टेबलको साटो क्षेप्यास्त्र रोजेको छ ।’ उनले रुसविरुद्ध “नयाँ र कडा प्रतिबन्ध” को आवश्यकता दोहोर्याए ।
ईयूका प्रवक्ताले कुनै पनि कूटनीतिक कार्यालयलाई लक्षित गर्नु हुँदैन भन्दै यस घटनाबारे ब्रसेल्समा रहेको रुसी राजदूतलाई बोलाइएको जनाएका छन् । बेलायतले पनि लण्डनस्थित रुसी राजदूत आन्द्रेई केलेनलाई विदेश मन्त्रालयमा बोलाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण