लत्ताकपडासहित भारतीय स्कारपियो नियन्त्रणमा
शुक्रबार, १३ भदौ २०८२, ११ : ३४
सारांश
- सशस्त्र प्रहरीले सिरहाको लहान नगरपालिकाबाट भन्सार छलीका लत्ताकपडासहित स्कारपियो नियन्त्रणमा लियो।
- प्रहरीले करिब १५ लाख रुपैयाँ बराबरको सामानसहित गाडी नियन्त्रणमा लिएको हो ।
- गाडी चालक फरार भएपछि, बरामद सामान तथा गाडी भन्सार कार्यालयमा बुझाइयो।
सिरहा । सिरहा जिल्लाको लहान नगरपालिका–१९ स्थित कटाहा चोकबाट सशस्त्र प्रहरीले बिहीबार ७ लाख रुपैयाँभन्दा बढीको भन्सार छलीको लत्ताकपडासहित एउटा स्कारपियो गाडी नियन्त्रणमा लिएको छ ।
बीआर ०१ पीबी ४६४२ नम्बरको भारतीय स्कारपियो गाडीमा राखेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित करिब १५ लाख रुपैयाँ बराबरको गाडी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लहानले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीको गस्ती टोलीले गाडी रोकेर जाँच गर्न खोज्दा गाडी तीव्र गतिमा केही परा लगेर बाटोको छेउमा छाडी चालक फरार भएका थिए । बरामद लत्ताकपडा तथा गाडी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय ठाडीमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण