फेलिक्सको ह्याट्रिक, अल-नासरको शानदार सुरुवात
सारांश
- साउदी प्रो लिगको उद्घाटन खेलमा जोआओ फेलिक्सले ह्याट्रिक गरेर अल-नासरलाई ५-० को जित दिलाए।
- नयाँ अनुबन्धित किङ्स्ली कोमानले डेब्यु गोल गरे भने क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे।
- अल-नासरले गत सिजनको च्याम्पियन अल-इतिहादभन्दा १३ अंकले पछि परेको भए पनि यस सिजन उपाधि जित्ने लक्ष्य लिएको छ।
रियाद । साउदी प्रो लिगको उद्घाटन खेलमै जोआओ फेलिक्सले ह्याट्रिक गर्दै अल-नासरलाई अल-ताओनमाथि ५–० को धमाकेदार जित दिलाएका छन्।
नयाँ अनुबन्ध किङ्स्ली कोमानले पनि डेब्यू गोल गरेका थिए भने सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत् गोल गर्दै योगदान दिए।
खेलको सातौँ मिनेटमै एञ्जेलोको पासमा फेलिक्सले पहिलो गोल गरे। पहिलो हाफमा थप गोल निकाल्न नसके पनि दोस्रो हाफ सुरु भएलगत्तै अल-नासरले दबाब बढायो।
५४औँ मिनेटमा डिफेन्डरको ह्यान्डबलपछि पाएको पेनाल्टीलाई रोनाल्डोले सहजै गोलमा परिणत गरे। त्यसको एक मिनेटमै कोमानले गोलकिपर नवाफ अल अकीदीको लामो पासलाई हेडरमार्फत जाली चुमाए।
६७औँ मिनेटमा फेलिक्सले उत्कृष्ट प्रहारमार्फत आफ्नो दोस्रो गोल थपे भने ८७औँ मिनेटमा रोनाल्डोको क्रस बारमा ठोक्किएर फर्किएको बललाई सजिलै गोल गर्दै ह्याट्रिक पूरा गरे।
गत सिजन च्याम्पियन अल-इतिहादभन्दा १३ अंकले पछि परेको अल-नासरले यसपटक उपाधि जित्ने लक्ष्यसहित दमदार सुरुवात गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण