बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

टोटनह्यामद्वारा ५२ मिलियन पाउन्डमा सिमोन्स अनुबन्ध

शनिबार, १४ भदौ २०८२, १० : ३३
शनिबार, १४ भदौ २०८२

सारांश

  • टोटनह्यामले नेदरल्याण्ड्सका खेलाडी जाभी सिमोन्सलाई आरबी लाइपजिगबाट ५१.८ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ।
  • २२ वर्षीय सिमोन्सले मेडिकल परीक्षणपछि टोटनह्याममा प्रवेश गरेका हुन् र उनले खुसी व्यक्त गरे।
  • सिमोन्सले लाइपजिगका लागि ७८ खेलमा २२ गोल र २४ असिस्ट गरेका थिए र उनी नेदरल्याण्ड्सका लागि २८ खेल खेलिसकेका छन्।

लण्डन । प्रिमियर लिग क्लब टोटनह्यामले नेदरल्याण्ड्सका आक्रामक मध्यपंक्तिका खेलाडी जाभी सिमोन्सलाई जर्मन क्लब आरबी लाइपजिगबाट ५१.८ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ।

२२ वर्षीय सिमोन्सले मेडिकल परीक्षण पार गरेपछि औपचारिक रूपमा टोटनह्याममा प्रवेश गरेका हुन्। उनले भने, ‘यो मेरो लामो समयदेखिको सपना थियो। यहाँ आउन पाउँदा निकै खुसी छु र सुरु गर्न आतुर छु।’

सिमोन्स सन् २०२३ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लाइपजिगमा लोनमा आएका थिए। यसपछि गत जनवरीमा स्थायी रूपमा लाइपजिगमा अनुबन्ध भएका उनले ७८ खेलमा २२ गोल र २४ असिस्ट गरेका थिए।

नेदरल्याण्ड्स राष्ट्रिय टिमका लागि पनि सिमोन्सले २८ खेलमा पाँच गोल गरिसकेका छन्। उनले आफ्नो डेब्यू सन् २०२२ को कतार विश्वकपमा गरेका थिए।

यसअघि टोटनह्यामले जोआओ पाल्हिन्हा र मोहम्मद कुडुसलाई पनि अनुबन्ध गरिसकेको छ। क्लबले यसै सिजन नटिङघम फरेस्टका मोर्गन गिब्स-ह्वाइटलाई ल्याउने प्रयास असफल बनेको थियो भने क्रिस्टल प्यालेसका एबेरेची एजे प्रतिस्पर्धी आर्सनलमा गएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप