विमानको शौचालयमा समस्या आएपछि बोतलमा पिसाब फेर्न बाध्य भए यात्री
सारांश
- भर्जिन अस्ट्रेलियाले शौचालय बिग्रिएपछि यात्रुहरूलाई बोतलमा पिसाब गर्नुपरेको घटनाको लागि माफी मागेको छ।
- इन्डोनेसियाको बालीबाट अस्ट्रेलियाको ब्रिस्बेन आउँदै गरेको उडानमा शौचालय बिग्रिएपछि यात्रुहरूले ६ घण्टासम्म शौचालय प्रयोग गर्न पाएनन्।
- कम्पनीले असुविधाका लागि माफी माग्दै प्रभावित यात्रुहरूलाई फ्लाइट क्रेडिट दिने जनाएको छ।
क्यानबेरा । भर्जिन अस्ट्रेलियाले आफ्ना यात्रीसँग माफी मागेको छ । यात्राको क्रममा एउटा फ्लाइटमा यात्रुहरूले लाजमर्दो अवस्थाको सामना गर्नुपरेपछि कम्पनीले माफी मागेको हो ।
विमानको शौचालय काम नगरेपछि यात्रीहरूले बोतलमा पिसाब गर्न बाध्य भएका थिए । यो घटना गत हप्ता इन्डोनेसियाको बालीबाट अस्ट्रेलियाको ब्रिस्बेन आउँदै गरेको उडानमा भएको थियो । समस्या भोगेको उडान बोइङ ७३७ म्याक्स ८ विमान भएको बताइएको छ ।
विमान बिहीबार दिउँसो डेनपासरबाट प्रस्थान गरेको थियो । उडानको समयमा मर्मतका कारण पछाडिको शौचालय पहिले नै बन्द गरिएको थियो । तर यात्राको क्रममा, बाँकी शौचालयहरू पनि बिग्रिए, जसका कारण यात्रुहरूले ६ घण्टाको उडानमा शौचालयको सुविधा पाएनन् ।
विमानमा देखिएको यो समस्याबारे यात्रीहरूले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । अन्तिम तीन घण्टा धेरै गाह्रो भएको अनि केही मानिसहरूले बोतलमा पिसाब गर्नुपरेको अर्का यात्रीले बताए । यात्रुहरू दुर्गन्ध र असुविधाबाट दिक्क बनेको अर्का एक यात्रुले भनेका थिए ।
अवस्था निकै बिग्रिएकोले एक जना वृद्ध महिलाले आफूलाई नियन्त्रण गर्न नसकेर सार्वजनिक रूपमा पिसाब फेर्न बाध्य भएको बताइएको छ । उडानको बीचमा सबै शौचालयहरूले काम गर्न छोडेपछि बाँकी समय आफूहरूलाई बोतलमा वा पहिले नै फोहोर भइसकेको शौचालयमा पिसाब फेर्न भनिएको अर्का एक यात्रीले भने । यो अपमानजनक र तनावपूर्ण भएको उनको भनाइ थियो ।
यस घटनाप्रति भर्जिन अस्ट्रेलियाले माफी मागेको छ । यात्रुहरूलाई पर्न गएको असुविधाको लागि कम्पनीलाई पछुतो भएको र प्रभावित व्यक्तिहरूलाई फ्लाइट क्रेडिट दिइने बताइएको छ ।
यो कठिन परिस्थितिलाई सम्हाल्न प्रयास गर्ने आफ्ना कर्मचारीहरूको एयरलाइनले प्रशंसा गरेको छ । अस्ट्रेलियाली यातायात मजदुर सङ्घले घटनाको आलोचना गरेको छ । यसलाई सङ्घले यात्रु र चालक दलका लागि गम्भीर स्वास्थ्य खतरा बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण