महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
आइतबार, १५ भदौ २०८२, १२ : १२
काठमाडौँ । महालक्ष्मी विकास बैंक इन्डियन चेम्ब्।र अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘सम्पत्ति गुणस्तर’ अन्तर्गतको विधामा सम्मान पाएको हो ।
शुक्रवार नयाँ दिल्लीमा आयोजित ‘तेस्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ्ग कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रींलका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो ।
बैंकले सम्पत्तिको संरचना, सम्पत्तिहरूको प्रभावकारी परिचालन तथा सम्पत्तिको गुणस्तर सुधारमा उल्लेखनीय कार्य गरे बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको जनाइएको छ । यस अवार्डको प्राप्तिसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण