भरतपुर महानगरपालिकाद्वारा ७ हजारभन्दा बढीलाई निःशुल्क तालिम
सारांश
- भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई निःशुल्क सीपमूलक तालिम दिएको छ।
- यी तालिममा २ हजार ५९१ पुरुष र ४ हजार ६५० महिला सहभागी थिए।
- मेयर रेनु दाहालका अनुसार, दक्ष जनशक्तिको माग पूरा गर्न र युवालाई स्वरोजगार बनाउन तालिम दिइएको हो।
चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई निःशुल्क सीपमूलक तालिम दिएको छ।
महानगरस्तरीय, वडास्तरीय तथा वैदेशिक रोजगार बोर्डको सहकार्यमा प्रदान गरिएका यी तालिममा २ हजार ५९१ पुरुष र ४ हजार ६५० महिला सहभागी भएका थिए।
रोजगारी शाखाका अनुसार प्लम्बिङ, इलेक्ट्रिसियन, ग्राफिक डिजाइनिङ, केयर गिभर, ब्युटी पार्लर, फेसन डिजाइन, मन्टेस्वरी, बुटिक, पोते, झोला–जुत्ता बनाउने, पञ्चेबाजा, चित्रकला, कपाल काट्ने, ड्राइभिङ, कृषि, बेकरी, साबुन–फिनेल, सेनेटरी प्याड, घरेलु फोहोर व्यवस्थापनलगायत विभिन्न विषयका तालिम १५ दिनदेखि ३ महिनासम्म सञ्चालन गरिएका थिए।
महानगर प्रमुख रेनु दाहालका अनुसार, भरतपुरमा पूर्वाधार विकाससँगै दक्ष जनशक्तिको माग बढ्दै गएकाले निःशुल्क तालिमलाई प्राथमिकता दिइएको हो। हाल उद्योग–कलकारखानामा दक्ष जनशक्तिका लागि भारतसहित अन्य मुलुकमा निर्भर रहनुपरेको बताउँदै उनले सीपयुक्त बनाइएका युवालाई स्वरोजगारमार्फत स्वदेशमै बस्न सक्ने वातावरण बनाउन तालिमको व्यवस्था गरिएको प्रस्ट्याइन्।
महानगरले आगामी वर्षमा निःशुल्क तालिम कार्यक्रमलाई अझ व्यापक बनाउने तयारी पनि गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण