सभापति न्यौपानेले बोलाइन् राज्य व्यवस्था तथा सुशासन समिति बैठक
सारांश
- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भदौ १७ गते बस्ने भएको छ।
- नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाएकी हुन्।
- बैठकमा हालसम्मका कामको समीक्षा र निवर्तमान सभापति रामहरि खतिवडालाई धन्यवाद दिने कार्यसूची रहेको छ।
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भदौ १७ गते मंगलबारका लागि बोलाइएको छ । नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले मंगलबार २ बजेका लागि बैठक बोलाएकी हुन् ।
उनी सभापति भएपछि समिति बैठक पहिलो पटक बस्न लागेको हो । उनी भदौ ११ गते सभापतिमा निर्वाचित भएकी थिइन् ।
न्यौपानेले मंगलबारका लागि बैठक आह्वान गरेको र त्यसमा हालसम्मका कामकारबाहीको समीक्षा हुने जानकारी दिइन् ।
‘मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा समितिका हालसम्मका कामको समीक्षा गर्ने र निवर्तमान सभापति रामहरि खतिवडालाई धन्यवाद दिने कार्यसूची छ,’ सभापति न्यौपानेले रातोपाटीसँग भनिन् ।
समितिमा नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक विचाराधीन छन् ।
समितिमा रहेका ७२ भन्दा धेरै उजुरीमाथि बैठक बस्न नसक्दा छलफल हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण