सेयर बजार १२.०३ अङ्कले बढ्यो, ५ अर्ब १० करोडको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचकमा सुधार देखिएको छ । साताको दोस्रो दिन सोमबार बजार परिसूचक १२.०३ अङ्कले बढेर २,७६१.८६ बिन्दुमा पुगेको छ ।
आज दिनभरमा बजारमा ५ अर्ब १० करोड ७४ लाख बराबरको सेयर कारोबार भयो। बजारमा कुल १ करोड १४ लाख ४० हजार कित्ता सेयर किनबेच भएको थियो ।
बजारमा रहेका कम्पनीहरूमध्ये १४२ कम्पनीको शेयर मूल्यमा वृद्धि भयो । १०६ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । कुल ३२६ वटा धितोपत्रहरु (स्क्रिप्स) को कारोबार भएको थियो ।
आज ’टप गेनर’को सूचीमा हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य ६.०७ प्रतिशतले बढेको देखियो भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ४.०८ प्रतिशतले वृद्धि भयो । बजारमा सबैभन्दा धेरै घट्नेमा उन्नति सहकार्य लघुवित्त, विकास हाइड्रोपावर अगाडि रहेका छन् ।
बजारमा आज अन्य र ट्रेडिङ समूह घट्दा अन्य समूहका परिसूचक बढेका छन् । सबैभन्दा धेरै १.५० प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै २८ करोड ८ लाख २३ हजार १८४ रुपैयाँ ५० पैसाको कारोबार गर्यो। त्यसैगरी एभरेष्ट बैंकको २४ करोड ४४ लाख ८८ हजार ८०३ रुपैयाँ ६० पैसाको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण