प्रदेश सभा सदस्य उपनिर्वाचन : पर्यवेक्षणका लागि निवेदन माग
मङ्गलबार, १७ भदौ २०८२, १२ : १२
सारांश
- निर्वाचन आयोगले मनाङमा हुने उपनिर्वाचनको पर्यवेक्षणका लागि निवेदन माग गरेको छ।
- आयोगले १५ दिनभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई निवेदन दिन आग्रह गरेको छ।
- काठमाडौं उपत्यका र अन्य जिल्लाका लागि निवेदन दिने स्थानबारे जानकारी गराइएको छ।
काठमाडौँ । निर्वाचन आयोगले मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सभा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न निवेदन माग गरेको छ । आयोगले मंगलबार सूचना प्रकाशित गर्दै पर्यवेक्षण गर्न चाहने सङ्घ संस्थाहरूसँग निवेदन माग गरेको हो ।
आयोगले उपनिर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाले १५ दिनभित्र अनुमतिका लागि आयोगमा आवश्यक कागजातसहित निवेदन दिन भनेको छ । साथै आयोगले पर्यवेक्षणका लागि निवेदन दिँदा काठमाडौँ उपत्यकाका हकमा निर्वाचन आयोग र अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।
रुपन्देही ३ र मनाङ १ (२) मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण