शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

केन्द्रीय कमिटी रोकेर एमालेले बोलायो सचिवालय बैठक

मङ्गलबार, १७ भदौ २०८२, १५ : २१
मङ्गलबार, १७ भदौ २०८२

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक रोकेर सचिवालय बैठक बोलाएको छ ।

बैठक अगामी बिहीबार (भदौ १९) दिउँसो ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

यसअघि भदौ १३ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । 

गौतमले भदौ २० देखि सुरु हुने दोस्रो विधान महाधिवेशनमा पेस हुने दस्ताबेजहरू सचिवालय बैठकमा छलफल गरेर अघि बढाइने बताए । 

विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप