१९.८९ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ४३ करोडमा सीमित
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.८९ अङ्कले ओरालो लागेको छ । साताको तेस्रो दिन बजार परिसूचक घटेर २७४१.९७ विन्दुमा झरेको हो । यस दिनको कारोबारमा कुल ४ अर्ब ४३ करोड ८२ लाख बराबरको सेयर किनबेच भयो ।
बजारमा आज घट्ने कम्पनीहरूको बाहुल्यता रह्यो । आज कारोबार भएकामध्ये कुल २९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २२१ कम्पनीको मूल्यमा भने गिरावट आएको छ । कुनै पनि कम्पनीको सेयर मूल्य अपरिवर्तित रहेन ।
आज बजारमा सबैभन्दा धेरै कमाउने कम्पनीहरूको सूचीमा हिमस्टार ऊर्जा कम्पनी रह्यो । उक्त कम्पनीको शेयर ९.९८ प्रतिशतको वृद्धि भएको छ ।
त्यसैगरी ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका ऋणपत्रहरूमा उच्च वृद्धि देखियो । बजारमा आज उन्नति सहकार्य लघुवित्तको सेयर सर्वाधिक अङ्कले घट्यो ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी २२ करोड ७० लाख रुपैयाँको सेयर किनबेचसहित अगाडि रहेको छ ।
त्यस्तै हिमालयन रिइन्स्योरेन्स २० करोड ११ लाख, युनियन हाइड्रोपावर १४ करोड ६९ लाख तथा दोर्दी हाइड्रोपावर १४ करोड ४१ लाख कारोबारसहित अगाडि छन् ।
आजको बजारमा कुल १ करोड ५ लाख कित्ता सेयर ८९ हजार ७७५ पटकमा कारोबार भएका थिए । बजारमा कारोबार भएकामध्ये सबै उपसूचक आज घटेका छन् ।
ट्रेडिङ समूह १.९६ प्रतिशतले घट्दा बाँकी समूहको गिरावट एक प्रतिशत भन्दा कम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण