मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

नक्कली प्रहरी बनेर मोबाइल लुटपाट गर्ने दुई जना पक्राउ

मङ्गलबार, १७ भदौ २०८२, १९ : १३
मङ्गलबार, १७ भदौ २०८२

काठमाडौँ ।नक्कली प्रहरी बनेर मोबाइल लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको बडी वेदीपुर गाउँपालिका–२ घर भई काठमाडौँ, बानियाटार बस्ने २९ वर्षीय हेमराज ढुङ्गाना र सिन्धुपाल्चोक, जुगल गाउँपालिका–७ घर भई काठमाडौँ बस्ने ३१ वर्षीय विनोद सी.रहेका छन् । 

सोमबार काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास क्षेत्रमा प्रहरी हुँ भन्दै सर्वसाधारणलाई नियन्त्रणमा लिएर मोबाइल लुटपाट गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो जिल्ला प्रहरी परिसर काठमाडौँका सुचना अधिकारी अपीलराज बोहराले बताए । 

पक्राउ परेकासँग लुटिएका विभिन्न कम्पनीका मोबाइलहरू बरामद गरिएको छ । 

उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप