१७८ मुद्दा झेल्दै बागमती सरकार
सारांश
- मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गर्यो।
- वार्षिक प्रतिवेदन अनुसार, बागमती प्रदेश सरकार विभिन्न अदालतमा १७८ मुद्दामा संलग्न छ।
- प्रदेश प्रमुख देवकोटाले न्याय सम्पादनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्त सम्बन्धी ऐन, २०७५ बमोजिम कार्यालयको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख देवकोटा समक्ष पेस गरिएको हो ।
मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले मंगलबार हस्तान्तरण गरेको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले न्याय सम्पादनका समस्या हल गर्न आफ्नो तर्फबाट सहजीकरण हुने बताए ।
मुख्य न्यायाधिवक्ताको कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदनमा बागमती प्रदेश सरकारले हाल विभिन्न अदालतमा १७८ मुद्दा झेलिरहेको उल्लेख छ ।
चालु आर्थिक वर्षको ४५ दिनमा प्रदेश सरकारविरुद्ध ११ वटा मुद्दा दर्ता भएको छ भने आर्थिक वर्ष ०८१/८२ बाट जिम्मेवारी सरेर आएका १६७ मुद्दा गरी जम्मा १७८ थान मुद्दा विभिन्न अदालतमा चालु अवस्थामा छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण