सञ्जय लीला भन्सालीविरुद्ध एफआईआर
सारांश
- निर्देशक सञ्जय लीला भन्सालीको फिल्म 'लभ एण्ड वार' मा ठगीको आरोप लागेको छ।
- राधा फिल्म्सका सीईओ प्रतीक राज माथुरले भन्साली प्रोडक्सन हाउस र प्रबन्धकविरुद्ध एफआईआर दर्ता गराएका छन्।
- माथुरलाई फिल्मको लाइन निर्माताको काम दिने भनिए पनि पछि बिना जानकारी राजस्थानमा छायाङ्कन गरिएको थियो।
मुम्बई । निर्देशक सञ्जय लीला भन्सालीको रणवीर कपूर, आलिया भट्ट र विक्की कौशल अभिनीत फिल्म ‘लभ एण्ड वार’ घोषणा भएदेखि नै चर्चामा छ। अब यस फिल्मसँग जोडिएको ठुलो विवाद बाहिर आएको छ।
रिपोर्टअनुसार, राधा फिल्म्स एण्ड हस्पिटालिटीका सीईओ प्रतीक राज माथुरले भन्साली प्रोडक्सन हाउस र उनका प्रबन्धकहरूविरुद्ध ठगीको आरोपमा बीकानेरमा एफआईआर दर्ता गरेका छन्।
एनडीटीभीको रिपोर्टअनुसार, प्रतीक राज माथुरको कम्पनी फिल्म निर्माण र लाइन प्रोडक्सन सेवा दिन्छ। उनका अनुसार, नोभेम्बर २०२४ मा भन्साली प्रोडक्सनका उत्कर्ष बालीले उनलाई सम्पर्क गरी ‘लभ एण्ड वार’ का लागि लाइन निर्माताको काम दिने प्रस्ताव गरेका थिए।
उनलाई मुम्बई बोलाएर मौखिक सम्झौता गरिएको थियो र भनिएको थियो कि उनकी टोलीले राजस्थानमा सबै व्यवस्था गर्नुपर्नेछ। जब उनले लिखित सम्झौता मागे, पछि दिइने भनियो। उनले विश्वास गरेर आफ्नै खर्चमा तयारी सुरु गरे।
तर अचानक एउटा मेलमार्फत भ्रमण रद्द गरिएको जानकारी दिइयो। केही दिनपछि उनलाई थाहा भयो कि भन्साली प्रोडक्सनले उनलाई जानकारी नदिई अरू लाइन निर्मातासँग राजस्थानमा छायाङ्कन गरिसकेको रहेछ।
- धम्की दिएको दाबी
प्रतीक राज माथुरका अनुसार, जब उनले भन्सालीलाई बीकानेरमा भेट्न खोजे, उनले राम्रोसँग कुरा गरेनन्। घाटाको कुरा उठाउँदा उनलाई धम्की दिइएको दाबी गरिएको छ।
उत्कर्ष बालीले भनेका थिए, ‘तिमी हाम्रो पहिलो मुर्गा होइनौँ। हामीले तिमी जस्ता धेरै देखेका छौँ। धेरै बोल्यौ भने, म उद्योगमा यस्तो हालत बनाउँछु कि कसैले तिमीलाई काम दिनेछैन।’
हालसम्म यस मामिलामा सञ्जय लीला भन्साली वा उनको प्रोडक्सन हाउसबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण