यो उमेरपछि महिलामा बढ्छ हर्ट अट्याकको खतरा
सारांश
- मुटु सम्बन्धी रोग महिला र पुरुष दुबैलाई लाग्न सक्छ, तर उमेर बढेपछि जोखिम बढ्छ।
- एस्ट्रोजेन हर्मोनको कमीले महिलामा हृदय रोगको जोखिम बढाउँछ, किनकि यसले मुटुलाई सुरक्षा दिन्छ।
- स्वस्थ आहार, व्यायाम, तौल नियन्त्रण, धुम्रपान र मदिरा सेवन नगर्ने, तनाव व्यवस्थापन, र नियमित स्वास्थ्य जाँचले हृदयघातको जोखिम कम गर्छ।
काठमाडौँ । हर्ट अट्याक र मुटु सम्बन्धी रोगहरू अहिले धेरै नै देखिएका छन् । यसले महिला र पुरुष दुबैलाई सिकार बनाउन सक्छ, तर कुनै निश्चित उमेरपछि हर्ट अट्याकको जोखिम बढ्छ ।
महिलाको शरीरमा हार्मोनल परिवर्तनहरू यसका लागि जिम्मेवार छन् । आजको यस लेखमा हामी कुन उमेरपछि महिलाहरूमा हर्ट अट्याकको खतरा बढ्छ, यसका लक्षण कस्ता हुन्छन् र यसबाट बच्न के गर्नु पर्छ ? भन्नेबारे कुराकानी गर्नेछौँ ।
एस्ट्रोजन हार्माेन महिलाको शरीरमा मुटुसम्बन्धी रोग विरुद्ध सुरक्षा कवचको काम गर्छ । यो हार्मोनले रक्त वाहिका ननिलाई लचिलो राख्छ, यसले असल कोलेस्टस्टोरल बढाउँदछ र खराब कोलेस्ट्रोललाई कम गर्न पनि मद्दत गर्दछ । तर मोनोपजको समयमा यो हार्माेनको उत्पादन घट्दै जान्छ । जसले गर्दा महिलामा हृदय रोगहरूको जोखिम बढ्छ ।
यस्ता हुन्छन् महिलालाई हर्ट अट्याकको लक्षण:
महिलाहरूमा हर्ट अट्याकको लक्षणहरू पुरुष भन्दा फरक छन । त्यसैले छातिमा दुखाई बाहेकका यी लक्षणहरूलाई बेवास्ता गर्ने भूल गर्नु हुन्न ।
- सास फेर्नमा समस्या
- वाकवाकी लाग्नु वा बान्ता हुनु
- वाकवाकी लाग्ने वा बान्ता हुने
- ढाड, बङ्गारा, घाँटी वा पेटको माथिल्लो हिस्समा दुखाइ वा दबाब
- अचानक निकै थाकेको महसुस हुने
- चक्कर लाग्ने वा चिसो पसिना आउने
हृदयाघातको जोखिम कम गर्न के गर्ने ?
- स्वस्थ आहार अपनाउनुहोस्:
आफ्नो आहारमा फलफूल, तरकारी, सम्पूर्ण अन्न र लीन प्रोटिन (दाल, टोफु, माछा) समावेश गर्नुहोस् । साथै, नुन, चिनी, प्रशोधित र भुटेको खानाको मात्रा कम गर्नुहोस् ।
- नियमित व्यायाम गर्नुहोस्:
हप्तामा कम्तीमा १५० मिनेट मध्यम तीव्रता भएको व्यायाम गर्नुहोस् । मांसपेशीहरूलाई बलियो बनाउन स्टेन्थ टेनिङ्गको अभ्यास गर्नु पनि फाइदाजनक हुन्छन् ।
- तौल नियन्त्रण गर्नुहोस्:
आफ्नो उचाइ अनुसार तौल बनाउने प्रयास गर्नुहोस् । यदि तौल बढी छ भने व्यायाम र आहार मार्फत यसलाई घटाउने प्रयास गर्नुहोस् ।
- धूम्रपान र मदिरा सेवन नगर्नुहोस्:
मुटु रोगको लागि चुरोट सबैभन्दा ठुलो जोखिम कारकहरू मध्ये एक हो । त्यसैले यसलाई तुरुन्तै छोड्नुहोस् । मदिरा सेवन नगर्नु पनि मुटुको लागि फाइदाजनक छ ।
- तनाव व्यवस्थापन:
तनावले रक्तचाप बढाउन सक्छ । योग, ध्यान, गहिरो सास फेर्न वा आफ्नो शौकको मद्दतले तनाव व्यवस्थापन गर्ने प्रयास गर्नुहोस् ।
- नियमित स्वास्थ्य जाँच:
आफ्नो रक्तचाप, कोलेस्ट्रोल स्तर र रगतमा चिनीको मात्राको नियमित जाँच गराउनुहोस् । यदि तपाईँलाई पहिले नै उच्च रक्तचाप, मधुमेह वा उच्च कोलेस्ट्रोल छ भने डाक्टरको सल्लाह अनुसार औषधि लिनुहोस् ।
- डाक्टरसँग परामर्श गर्नुहोस्:
मेनोपजपछि देखिने जीउ तात्ने, मुड स्विङ हुने आदि लक्षणहरू समाधानका लागि हार्माेन रिप्लेसमेन्ट थेरापीबारे आफ्नो डाक्टरसँग कुरा गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण