आज कहाँ-कहाँ छ आकस्मिक बाढीको जोखिम ?
सारांश
- मनसुनको न्यून चापीय रेखा दक्षिणतिर अवस्थित रहेको छ।
- कोशी, नारायणी, बागमती लगायतका नदीहरुको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
- बुधबार केही जिल्लाहरुमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ।
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया बदली रहेको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको र महाकाली र यिनका सहायक नदीहरू बहाव सतर्कता आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बुधबार सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, जाजरकोट, दैलेख, कालिकोट र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
साथै इलाम, ताप्लेजुङ, रामेछाप, ओखलढुङ्गा, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, तनहुँ, पर्वत, डोल्पा, मुगु, हुम्ला, बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण