बागमतीमा ९६ हजारभन्दा बढी गाई–भैँसीलाई लम्पी स्किनविरुद्ध खोप
सारांश
- बागमती प्रदेशमा लम्पी स्किन रोग नियन्त्रणका लागि ९६ हजारभन्दा बढी गाईभैँसीलाई खोप लगाइयो।
- लम्पी स्किन रोगका कारण आर्थिक वर्ष २०८०/८१ मा प्रदेशभर ११ हजारभन्दा बढी गाईभैँसी मरे।
- खोप अभियान ललितपुरबाट सुरू भई १३ जिल्लामा विस्तार भएको छ, चितवनमा यो रोग बढी फैलिएको छ।
मकवानपुर । बागमती प्रदेशमा तीव्ररूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणका लागि सञ्चालन गरिएको सप्ताहव्यापी खोप अभियान अन्तर्गत हालसम्म ९६ हजार ३४७ वटा गाई–भैँसीलाई खोप लगाइएको छ।
लम्पी स्किन रोगले गाई–भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, शरीर सुन्निने र जनावर अशक्त हुने जस्ता लक्षण देखिन्छ। पछिल्लो समय यो रोग चितवनमा बढी फैलिएको छ।
ललितपुरबाट सुरू गरिएको खोप अभियान क्रमशः अन्य १३ जिल्लामा विस्तार गरिएको हो। मन्त्रालयका अनुसार, सिन्धुलीमा १०,३२८, रामेछापमा ४,४३७, काठमाडौंमा ४,३५०, ललितपुरमा ३,६०६, भक्तपुरमा १,५४३, धादिङमा ६,०५१, काभ्रेपलाञ्चोकमा ७,६९८, नुवाकोटमा ७,७२४, रसुवामा ३,६३४, दोलखामा ९,९८२, सिन्धुपाल्चोकमा ६,२८४, चितवनमा ६,०१५ र मकवानपुरमा २४,६९५ गाई–भैँसीलाई खोप लगाइएको छ।
वागमती प्रदेशमा करिब ६ लाख ९४ हजार गाई र ५ लाख ४९ हजार भैँसी छन्। ती पशुबाट वार्षिक ४ लाख ८१ हजार ७७१ मेट्रिक टन दूध उत्पादन हुने गर्दछ। जिल्लागत हिसाबले चितवन दूध उत्पादनमा अगाडि छ, जहाँ मात्रै ९२ हजार गाई र ७२ हजार भैँसी रहेका छन्।
आर्थिक वर्ष २०८०/८१ मा प्रदेशभर ११ हजार २१८ गाई–भैँसी लम्पी स्किन रोगका कारण मरेका थिए। त्यही अवधिमा ३७ हजार ८९ संक्रमित भएका थिए भने २ लाख ५६ हजारभन्दा बढी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका थिए।
यसअघि नै प्रदेशभर २ लाख ४५ हजारभन्दा बढी गाई–भैँसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ। मन्त्री मधुसुदन पौडेलका अनुसार, खोप अभियान अहिले पनि निरन्तर जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण