जिब्रो छेड्ने जात्रामा ‘जिब्रो छेड्ने’लाई प्रोत्साहन रकम उपलब्ध गराइने
मकवानपुर । बागमती प्रदेश सरकारले विस्का जात्रा ‘जिब्रो छेड्ने’ जात्रा प्रवर्द्धनका लागि जिब्रो छेड्नेलाई उपचार सहायता रकम उपलब्ध गराउने भएको छ ।
भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्वको ‘जिब्रो छेड्ने जात्रा’को संरक्षणका लागि प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई स्वास्थ्य उपचार तथा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
जिब्रो छेड्ने परम्पराको निरन्तरताका लागि काम गर्ने व्यक्तिहरूको सङ्ख्या कम हुँदै गएको र निकट भविष्यमा यो जात्रा लोप हुन सक्ने खतरा रहेकाले प्रोत्साहन उपलब्ध गराउने निर्णय गरिएको संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले जानकारी दिए । ऐतिहासिक जात्रालाई लोपोन्मुख सांस्कृतिक सम्पदाको रूपमा संरक्षण गर्न मन्त्रालयले उक्त निर्णय गरेको उनले बताए ।
मन्त्रालयको निर्णय अनुसार, भक्तपुरमा वर्षमा २ पटक आयोजना हुने ‘येंया पन्हीया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ मा सहभागी भई जिब्रो छेडाउने व्यक्तिलाई उक्त प्रोत्साहन रकम प्रदान गरिनेछ । सो रकम व्यक्तिको स्वास्थ्य उपचार तथा परम्परालाई निरन्तरता दिए बापत प्रोत्साहनका लागि उपलब्ध उनले बताए ।
सो कार्यक्रमका लागि चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरिए बमोजिम २ लाख रुपैयाँ उपलब्ध गराउने उनले बताए । मन्त्री श्रेष्ठका अनुसार प्राचीनकादेखि चल्दै आएको यो जात्राले देशमा रोग व्याधि नलाग्ने, बालीनाली सप्रिने र अनिकालजस्ता प्राकृतिक विपत्तिबाट जोगिने जनविश्वास रहिआएको छ । तर, जात्रा सञ्चालनमा आर्थिक अभाव हुनुका साथै जिब्रो छेडाउने व्यक्तिको कमीले गर्दा यो परम्परा सङ्कटमा पर्दै गएको उनले बताए ।
प्रोत्साहन रकम उपलब्ध गराउने विषय दीर्घकालीन दायित्वसँग जोडिने भएकाले प्रस्तावलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउन आर्थिक मामिला तथा योजना मन्त्रालयबाट समेत स्वीकृत गराइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण