बदन भण्डारीमाथि भएको आक्रमणको छानबिन गरी कारबाही गर्न रास्वपाको माग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिव बदन भण्डारीमाथि भएको आक्रमणको निन्दा गरेको छ।
- कपनस्थित प्रगति चोकमा मोटरसाइकलमा आएका ३ जनाको समूहले भण्डारीको टाउकोमा फलामको रडले प्रहार गरेको थियो।
- भण्डारीलाई नारी टिभीमा दिएको अन्तर्वार्ताको कारण धम्की आएको र अफिसमा सोधखोज भएको बताइएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि भएको आक्रमणको निन्दा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै भण्डारीमाथि भएको आक्रमणको निन्दा गरेको हो ।
हिजो राति पौने ९ बजे कार्यालयबाट घर आउने क्रममा काठमाडौँको कपनस्थित प्रगति चोकमा नम्बर प्लेट छोपेर मोटरसाइकलमा आएका तीन जनाको समूहले भण्डारीको टाउकोमा फलामको रडले प्रहार गर्नुका साथै गाडीसमेत तोडफोड गरिएको रास्वपाले बताएको छ ।
‘हिजो राति काठमाडौँको कपनस्थित प्रगति चोकमा ज्यान लिने उद्देश्यसहित गरिएको आक्रमणको घोर निन्दा गर्दछौँ । कपनमै रहेको कार्यालयबाट राति ८ः ४५ बजेतिर घर जाँदै गर्दा नम्बर प्लेट छोपेर मोटरसाइकलमा आएका तीन जनाको समूहले भण्डारीको टाउकोमा फलामको रडले प्रहार गर्नुकासाथै गाडीसमेत तोडफोड गरिएको छ । रड प्रहारबाट भण्डारीको टाउकोमा दश टाँका लगाउनु पर्ने गरी गहिरो चोट लागेको छ भने शरीरभर निलडाम छ’, विज्ञप्तिमा भनिएको छ ।
पीडित भण्डारीका अनुसार नारी टिभीमा केही समयअघि दिएको अन्तरवार्तालाई कारण बनाएर निरन्तर धम्की आइरहेको र केही दिनअघि एक समूहले भण्डारीको अफिस रहेकै भवनमा आएर उनीबारे सोधखोज गरेका थिए ।
घटना विवरण र आशङ्काबारे प्रहरीलाई जानकारी गराइएको भन्दै यस निन्दनीय घटनाको तत्काल विश्वसनीय छानबिन तथा दोषीलाई पक्राउ र कानुनी कारबाहीका गर्न माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण