रास्वपा नेता भण्डारीमाथि कपनमा आक्रमण
बिहीबार, १९ भदौ २०८२, ०८ : ४५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव वदन भण्डारीमाथि कपनको प्रगति चोकमा अज्ञात समूहले आक्रमण गर्यो।
- मोटरसाइकलमा आएका तीन जना व्यक्तिले भण्डारीलाई रड प्रहार गरी घाइते बनाए, टाउकोमा दस टाँका लगाउनु परेको छ।
- भण्डारीले नारी टिभीमा दिएको अन्तरवार्ताको विषयलाई लिएर धम्की आएको र कार्यालयमा सोधपुछ भएको बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि गएराति कपनको प्रगति चोकमा आक्रमण भएको छ। मोटरसाइकलमा आएका तीन जना व्यक्तिले उनीमाथि रड प्रहार गरी घाइते बनाएका हुन् ।
नम्बर प्लेट छोपेर आएका तीन जना व्यक्तिमध्ये दुई जनाले रड प्रहार गरेको भण्डारीले बताए । रड प्रहारबाट आफ्नो टाउकोमा करिब दस टाँका लगाउनु परेको भण्डारीले जानकारी दिए ।
उनको गाडी पनि तोडफोड गरिएको छ। केही समयअघि नारी टिभीमा दिएको एक अन्तरवार्तालाई लिएर आफूलाई निरन्तर धम्की आइरहेको र केही दिनअघि आफ्नो कार्यालयमा समेत आएर आफ्नो बारेमा सोधपुछ गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण