सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५% सम्म छुट

बिहीबार, १९ भदौ २०८२, १४ : ५३
बिहीबार, १९ भदौ २०८२

काठमाडौँ । एनएमबि बैंकका कर्मचारी, परिवार तथा ग्राहकले बुटवल हस्पिटल प्रालिबाट उपचार सेवामा ५ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

एनएमबि बैंक र बुटवल हस्पिटलबीच भएको सम्झौताअनुसार अस्पतालले उपलब्ध गराउने बेड चार्ज, ल्याब टेस्ट, अपरेशन चार्ज, युएसजी, ईसीजी, ईको, एक्स–रे, फिजियोथेरापी तथा औषधि सेवामा छुट उपलब्ध हुने बैंकले जनाएको छ।

सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नु प्रसाद पौडेलले हस्ताक्षर गरेका हुन्।

छुट पाउनका लागि एनएमबि बैंकको खाताबाट भुक्तानी गर्नुपर्नेछ। यसका लागि बैंकको एटिएम, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कर्पोरेट पे, आइपीएस वा क्यूआर कोड प्रयोग गर्न सकिनेछ।

बैंकले यो सम्झौताले आफ्ना कर्मचारी, परिवार तथा ग्राहकलाई उपचारमा थप सहजता दिलाउने विश्वास व्यक्त गरेको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप