चुच्चेपाटीमा मोटरसाइकल दुर्घटना, महिलाको मृत्यु
बिहीबार, १९ भदौ २०८२, २० : ००
सारांश
- काठमाडौंको चुच्चेपाटीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएकी ३५ वर्षीया उषा तामाङको उपचारको क्रममा मृत्यु भएको हो।
- प्रहरीले दुर्घटनाको कारण र थप विवरणका लागि अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ चुच्चेपाटी भाटभटिनीस्थित सडकमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
बा.५१ प ४९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार उदयपुर घर भई काठमाडौं साखु बस्ने ३५ वर्षीया उषा तामाङ गम्भीर घाइते भएकी थिइन्। घाइते तामाङलाई स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारका लागि लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण