जिब्रो छेड्ने जात्रामा ‘जिब्रो छेड्ने’ लाई २ लाख दिइने
मकवानपुर । बागमती प्रदेश सरकारले जिब्रो छेड्ने जात्रामा ‘जिब्रो छेड्ने’लाई २ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको जिब्रो छेड्ने जात्राको संरक्षणका लागि जिब्रो छेड्नेलाई २ लाख रुपैयाँ उपचार तथा प्रोत्साहन उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरेको सरकारको प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
मन्त्रालयको प्रस्तावअनुसार मुख्यमन्त्री साहसी तथा संस्कृति संरक्षण प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो रकम प्रदान गराइने उनले बताए ।
जिब्रो छेड्ने परम्परालाई निरन्तरता दिने व्यक्तिहरूको सङ्ख्या घट्दै गएको र जात्रा नै लोप हुन सक्ने खतरालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको प्रवक्ता तामाङले बताए ।
उनका अनुसार यो रकम जिब्रो छेड्ने व्यक्तिको स्वास्थ्य उपचार तथा संस्कृतिको निरन्तरतामा योगदान पुर्याएबापत प्रोत्साहन स्वरूप प्रदान गरिनेछ ।
भक्तपुरमा वर्षमा दुई पटक ’येंया पन्हीया मेय् प्वाः खनेगु जात्रा’ अर्थात् जिब्रो छेड्ने जात्रा आयोजना हुने गर्दछ । प्रत्येक वर्ष वैशाख २ गते बोडेमा र भाद्र शुक्ल पूर्णिमा (येन्या पुन्ही) का दिन थिमीको दिगुटोलमा जिब्रो छेडाउने व्यक्तिले यो रकम पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण