सरकारका राम्रा काम जनतासम्म पुर्याउनुस्, नराम्रा कामको आलोचना गर्नुस्: अर्थमन्त्री
शनिबार, २१ भदौ २०८२, १० : ११
सारांश
- उपप्रधानमन्त्री विष्णु पौडेलले सरकारका नराम्रा कामको आलोचना र राम्रा काम जनतामा लैजान आग्रह गरे।
- उनले सेजनको २७ औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै यस्तो कुरा बताए।
- पौडेलले सेजनसँग मन्त्री र नेतालाई ल्याएर कुरा सुनाउने हैसियत रहेको बताए।
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका नराम्रा कामहरूको आलोचना गर्दै राम्रा कामहरूलाई जनतासमक्ष पुर्याउन आग्रह गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिक साधारण सभालाई शनिवार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सेजनसँग मन्त्री, नेतालाई ल्याएर आफ्ना कुरा सुनाउने हैसियत रहेको बताए । सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयहरूमा सहयोग गर्दै आएको पनि उनले बताए ।
मानिसहरूलाई आफ्नो प्रशंसा मात्रै सुन्न मन हुने भन्दै अहिलेको सरकारले आफ्नो आलोचना पनि सुन्ने ल्याकत राख्ने जिकिर उपप्रधानमन्त्री पौडेलले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण