मिथिला क्षेत्रमा आज अनन्त पर्व मनाइँदै
सारांश
- आज महोत्तरीसहित मिथिला क्षेत्रमा अनन्त पर्व मनाइँदै छ, जसमा अनन्त भगवानको पूजा गरिन्छ।
- अनन्त पर्वमा गुरु र पुरोहितबाट 'अनन्त डोरा' बाँध्ने परम्परा छ, जसले रक्षा, आरोग्य र समृद्धि दिने विश्वास छ।
- चतुर्दशी तिथि सकिएपछि पूर्णिमामा इन्द्रको पूजा गरिन्छ, जसले अनिकाल नपर्ने र सन्तुलित वर्षा हुने विश्वास छ।
महोत्तरी । मधेसका महोत्तरीसहित मिथिला क्षेत्रमा आज अनन्त पर्व मनाइँदै छ । चन्द्रमासको भदौ शुक्ल चतुर्दशी तिथिका दिन गुरु, पुरोहितका हातबाट अनन्त डोरा बाँध्दै हिन्दू मैथिल आज अनन्त पर्व मनाइरहेका छन् ।
पर्वमा प्रतिपालक मानिने भगवान् विष्णुकै रुप मानिने अनन्त भगवान्को पूजा आराधना गरेर प्रसादस्वरुप गुरु, पुरोहितका हातबाट कलात्मक ढङ्गबाट बाटिएको ‘अनन्त डोरा’ बाँध्ने मिथिला परम्परा छ । पर्व विशेषमा अनन्तको पूजा गर्दा पुरोहितबाट अभिमन्त्रित १४ सुत्रको बाटिएको धागो चढाइने र त्यही धागो दाहिने हातको पाखुरामा बाँधिने गरिन्छ । उक्त अभिमन्त्रित धागोलाई ‘अनन्त डोरा’ भनिन्छ ।
एक दिनअघि चोखोनितो रही भदौ शुक्लपक्षको चतुर्दशीका दिन बिहान अनन्त भगवान्को पूजा आराधना गरेर ब्राह्मण पुरोहितको हातबाट ‘अनन्त डोरा’ बाँध्ने परम्परा छ । ‘अनन्त डोरा’ ले आपतविपतबाट रक्षा, आरोग्य र सुख समृद्घि प्राप्तहुने मैथिल जनविश्वास छ । अनन्त डोरा बाँधिने कार्य चतुर्दशी तिथिको भोग रहेसम्म गर्न सकिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का बासिन्दा पं महेशकुमार झा बताउँछन् ।
आजको चतुर्दशी तिथि सकिनासाथ सुरु हुने पूर्णिमा तिथिमा हिन्दू परम्पराका सहकाल (सकाल) का देवता इन्द्रको पूजा आराधना गर्ने चलन छ । इन्द्रको पूजाआराधनाले अनिकाल नपर्ने र सन्तुलित वर्षा हुने मैथिल जनविश्वास छ ।
इन्द्र पूजनोत्सव बस्तीबस्तीमा इन्द्रका मूर्ति (प्रतिमा) स्थापना गरेर हर्ष र उमङ्गका बीच मेला आयोजना गरेर मनाइने तयारी छ । भदौ पूर्णिमालाई मिथिलामा इन्द्र पूर्णिमा र सो दिनको उत्सवलाई इन्द्र्रजात्रा भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसद नै नभएको राष्ट्रियसभा किन ११ गतेसम्म स्थगित भयो ?
-
समयमै प्रकाशित हुन थाल्यो विश्वविद्यालय र बोर्डको नतिजा
-
ललितपुरमा फोहरमैला व्यवस्थापनका लागि जीपीएस प्रणाली
-
बलिउड गायक अभिजित भट्टाचार्य काठमाडौँमा
-
ललितपुर रैथाने बस्तीमा अनुमति बिना टिपर चलाउन रोक
-
रास्वपाको पहिलो महाधिवेशनमा रवि लामिछानेकै नेतृत्व अपरिहार्य छ: रञ्जु न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण