भक्तपुरमा आजदेखि इन्द्र जात्रा सुरु
सारांश
- भक्तपुरमा इन्द्र जात्रा सुरु भयो, जसमा इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गरियो।
- इन्द्र दहमा जात्रा मनाइयो, जहाँ साँझदेखि रातभरि र भोलि दिनभर मेला लाग्नेछ, र पूर्णिमामा जात्रा समापन हुनेछ।
- इतिहास अनुसार, यो जात्रा इन्द्रदेवले पोखरी निर्माण गरेको र कृष्णले जनताको रक्षा गरेको सम्झनामा मनाइन्छ।
भक्तपुर । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई आज भक्तपुरमा इन्द्र जात्रा सुरु भएको छ ।
आज स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खट जात्रा गरी ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात् सिद्धपोखरीमा पुर्याएर जात्रा मनाउछन् ।
इन्द्र दह अर्थात् सिद्धपोखरीमा इन्द्रायणी देवता पुर्याएपछि आज साँझदेखि रातभरि र भोलि दिनभर यहाँ भव्य मेला लाग्ने गर्दछ । आज रातभर जात्रा गरी भोलि पूर्णिमामा दिनभर मेलासँगै साँझ बाजागाजाका साथ पुनः भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहमा भित्र्याएपछि इन्द्र जात्रा सम्पन्न हुने परम्परा छ ।
नेपाल संवत् २१८ मा इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको संस्कृतकर्मी यज्ञ जोशीले जानकारी दिए ।
स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ । उनले यसलाई ‘ञँकीदह’ पनि भन्ने गरिएको उनी बताउँछन् । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बालेर झिलीमिली बनाउने प्रचलन छ ।
कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवर्द्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झना स्वरुप इन्द्र दहमा मेला लाग्ने गरेको इतिहासविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् । राजतन्त्रको पराजय र जनताको विजयीका रुपमा पनि यो जात्रा मनाइने श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
-
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
-
झ्याप्प–झ्याप्प बत्ती जाने समस्याप्रति के भन्छन् कुलमान घिसिङ ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण