एभरेस्ट महिला भलिबल लिगमा मधेस युनाइटेडको पहिलो जित
सारांश
- एभरेस्ट महिला भलिबल लिगमा मधेस युनाइटेडले पोखरा निन्जाजलाई पराजित गर्यो।
- मधेसले खेल ३-० को सोझो सेटमा जित्यो, जसमा रोमी भिनस्ट्रा प्लेयर अफ द म्याच भइन्।
- लिगको तेस्रो दिन ललितपुर क्विन्स र कर्णाली यशविशले पनि आ-आफ्नो खेल जिते।
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा मधेस युनाइटेडले पोखरा निन्जाजमाथि सहज जित निकालेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिवार भएको तेस्रो खेलमा मधेसले पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
मधेसले पहिलो र दोस्रो सेट समान २५–१९ र तेस्रो सेट २५–२३ ले जित निकाल्यो । खेलको प्लेयर अफ द म्याच मधेसकी रोमी भिनस्ट्रा घोषित भइन् ।
मधेसको यो पहिलो जित हो भने पोखराको दोस्रो हार हो । आजै भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौँ स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । आजको दोस्रो खेलमा कर्णाली यशविशले लुम्बिनी लाभाजलाई ३–१ को सेटले हराएको थियो ।
लिगको तेस्रो दिन आइतबार दुई खेल हुनेछ । पहिलो खेल मधेस युनाइटेड र काठमाडौँ स्पाईकर्सबिच दिउँसो २ बजेबाट सुरु हुनेछ ।
भोलिको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिचको खेल ४ बजेबाट सुरु हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौ २८ गतेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण