सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सारांश
- म्याग्दीमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ।
- दाङमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
- प्रहरीले दुवै दुर्घटनाका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । म्याग्दी र दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
म्याग्दीको बेनी नगरपालिका-८ पुरानो रोडस्थित सडकमा मुस्ताङबाट पोखरातर्फ जाँदै गरेको बीएए २६३४ नम्बरको जिपको ठक्करबाट पैदलयात्री पर्वत जलजला गाउँपालिका-७ बस्ने कमल सुनारको छोरा ३ वर्षीय रियास सुनारको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल म्याग्दी बेनीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, दाङको लमही नगरपालिका-१ सुनडबरीस्थित सडकमा रा.७ प ८७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय गर्भु चौधरीको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण