१२६ वटा उद्योगलाई वाणिज्य विभागले तिरायो ८० लाखभन्दा बढी जरिवाना
सारांश
- वाणिज्य विभागले साउनदेखि हालसम्म ६५० उद्योग तथा फर्मको अनुगमन गरेको छ।
- अनुगमनका क्रममा कानुन विपरीत व्यापार व्यवसाय गर्ने १२६ फर्मलाई ८० लाखभन्दा बढी जरिवाना गरिएको छ।
- चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई कडाइ गरिने विभागको भनाइ छ।
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउनदेखि हालसम्म ६५० वटा उद्योग तथा फर्मको अनुगमन गरेको छ । आइतबार विभागमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक रोशन ज्ञवालीले सो कुराको जानकारी दिएका हुन् ।
उनले त्यसयता ६५० वटाको अनुगमन भएकोमा १२६ वटा फर्मलाई जरिवाना गरेको जानकारी दिए । ज्ञवालीले भने, ‘साउनदेखि भदौ २० गतेसम्म ६५० फर्म तथा उद्योगमा अनुगमन गरियो । यसमध्ये कानुन विपरीत व्यापार व्यवसाय गर्दै आएका १२६ फर्म तथा उद्योगहरूलाई ८० लाखभन्दा बढी जरिवाना तिराएका छौँ ।’
एनका अनुसार वस्तुमा एमआरपी सहितको लेबल नराख्ने, बिलबिजक जारी नगर्ने, रिलेबलिङ जस्ता गैरकानुनी गतिविधि गर्ने उक्त फर्महरूलाई ८० लाख ६५ हजार रुपैयाँ बराबर जरिवाना गरिएको हो । यस्तै २२० फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको र ३०४ फर्मलाई सामान्य निर्देशन दिइएको उनले बताए ।
त्यस्तै आउँदो चाडपर्वलाई लक्षित गरी बजारमा अनुगमनको दायरा बढाइएको समेत ज्ञवालीले बताए । चाडपर्वको बेलामा बजारमा वस्तु अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने तथा कालोबजारी गर्ने लगायतका गतिविधि बढ्ने भएकाले उक्त गतिविधि रोक्नका लागि विभागले अन्य सम्बन्धित निकायको पहलमा बजार अनुगमनलाई कडाइ गर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण