ललितपुर महानगरले भत्कायाे सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना
काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेलमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ ।
ललितपुरको ऐतिहासिक महत्वको न्हु पोखरी संरक्षणका लागि महानगरले बनाइएको डिपिआरको क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काइएको हो ।
महानगरले लगनखेलमा रहेको बुद्धि विकास मण्डल र क्षयरोग निवारण संस्था ललितपुर कार्यसमितिको दुई वटा भवनमा डोजर लगाएको भत्काइएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।
यसअघि महानगरले सोही क्षेत्रमा रहेको ५ नम्बर वडा कार्यालय भवन साथै लगनखेलसम्मका पसल कवल भत्काएको थियो ।
भवन भत्काउने महानगरको निर्णयविरुद्ध बुद्धि विकास मण्डल र क्षयरोग निवारण संस्था उच्च अदालत गएको थियो, तर अदालतले स्टे अर्डर नदिएपछि महानगरले भवन खाली गर्न सूचना जारी गरेको थियो । ३५ दिने अवधि सकिएपछि कार्यालय समयमा उक्त भवन भत्काइएको महानगर प्रमुख महर्जनले बताए ।
महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरूको संरक्षण गर्ने नीति बमोजिम न्हुः पोखरीको जीर्णोद्धार तथा पुनः निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन नगर कार्यपालिकाबाट स्वीकृत समेत गरिसकिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण