एभरेस्ट महिला भलिबल लिग : काठमाडौँको पहिलो जित, मधेसको दोस्रो हार
आइतबार, २२ भदौ २०८२, १७ : ०१
सारांश
- काठमाडौँ स्पाईकर्सले एभरेस्ट महिला भलिबल लिगमा मधेस युनाइटेडलाई ३-१ सेटले पराजित गर्यो।
- पहिलो सेट जितेको काठमाडौँले दोस्रो सेट गुमाए पनि तेस्रो र चौथो सेटमा जित हासिल गर्यो।
- काठमाडौँ र मधेस दुवैले यसअघि ललितपुर क्विन्ससँग खेल हारेका थिए।
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौँ स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौँले मधेस युनाइटेडलाई ३–१ को सेटले पराजित गर्यो ।
पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको काठमाडौँले दोस्रो सेट २३–२५ ले मधेसलाई सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौँले लिगमा पहिलो जित दर्ता गरेको हो । काठमाडौँले तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो ।
काठमाडौँ र मधेस आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएका थिए । मधेसले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौ २८ गतेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण