एआईमार्फत नागरिकसँग जाेडियाे धुलिखेल नगरपालिका
धुलिखेल । सूचना प्रविधिको युगमा जब विश्व नै एआईको दौडमा सामेल छ, तब नेपालका स्थानीय सरकारहरू पनि पछि छैनन् भन्ने कुरा धुलिखेल नगरपालिकाले प्रमाणित गरेको छ।
नागरिक र सरकारबिचको सम्बन्धलाई पुनर्परिभाषित गर्दै धुलिखेल नगरपालिका आफ्ना ३८ हजार नागरिकसँग नेपाली भाषामै सिधा सम्पर्क स्थापित गर्न एआई टेलिफोनी प्रणाली प्रयोग गर्ने नेपालकै पहिलो सरकारी निकाय बनेको छ।
विगतमा नगरपालिकाका महत्त्वपूर्ण सूचनाहरू जस्तै कर तिर्ने म्याद, जन्म दर्ता सङ्कलन, वा स्वास्थ्य शिविरको जानकारी सबै नागरिकसम्म पुर्याउन चुनौतीपूर्ण थियो।
तर अब हरेक नागरिकको मोबाइलमा नगरपालिकाको आवाज सिधै पुग्नेछ। यसले एकैसाथ हजारौं नागरिकलाई उनीहरूकै नाममा सम्बोधन गर्दै नेपाली भाषामा स्वचालित फोन कल गर्न सक्छ।
यो ऐतिहासिक पहलको नेतृत्व गरिरहेका धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जु श्रेष्ठले यसको महत्त्वमाथि प्रकाश पार्दै भने, 'एआईको दौडमा सरकार पहिलो हुनुपर्छ, अनि हामी सुरु गर्दैछौं टिङ टिङबाट। स्थानीय सरकारले नागरिकहरूलाई दिने सेवामा संविधानले प्रदान गरेको अधिकार क्षेत्रभित्र २२ वटा अधिकारमा थुप्रै काम गर्नुपर्छ। ती थुप्रै कामहरूलाई सहज र सुलभ बनाउनको लागि धुलिखेल नगरपालिकाले डिजिटल सेवालाई प्राथमिकता दिएर काम गरिरहेको छ।'
उनले थपे, 'हाम्रा ३८,००० नागरिक र यो व्यावसायिक, औद्योगिक सहरको हिसाबले उहाँहरूलाई दिने सेवाहरू हामीले गुणस्तरीय रूपमा दिनको लागि अब एआई प्रणालीबाट पनि हामी सूचना आदानप्रदान गर्ने प्रक्रियामा अगाडि बढेका छौं। यसको प्रभावकारिताको लागि सबैभन्दा सजिलो भनेको टेलिफोन हो र त्यसमा पनि नेपाली भाषामा हामी प्रदान गर्दैछौं टिङ टिङबाट। उहाँहरूका लागि सेवा र सुविधाका लागि हामी यो काम गर्दैछौं, त्यसैले नगरपालिकाको सेवा सबैका लागि हो र सधैंका लागि।'
मेयर ब्यान्जुको भनाइले स्पष्ट पार्छ कि यो केवल प्रविधिको प्रयोग मात्र होइन, यो नागरिक-मैत्री शासनको एक शक्तिशाली अभ्यास हो। टेलिफोन र नेपाली भाषा जस्तो सबैभन्दा सरल र प्राकृतिक माध्यमबाट सूचना प्रवाह गर्दा कुनै पनि नागरिक पछाडि पर्ने छैनन् भन्ने नगरपालिकाको विश्वास छ।
धुलिखेलको यो कदमले नेपालमा डिजिटल रूपान्तरणको नेतृत्व स्थानीय तहबाटै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। यसले देशका अन्य सरकारी निकायहरूलाई पनि प्रविधि अपनाएर नागरिक सेवालाई अझ प्रभावकारी र समावेशी बनाउन प्रेरित गर्ने निश्चित छ। यो पहलले नेपाल एक प्रविधि-संचालित, डिजिटल र कुशल राष्ट्र बन्ने दिशामा अग्रसर रहेको स्पष्ट संकेत गर्दछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण