जेनजीको प्रदर्शनलाई कुलमानको समर्थन
आइतबार, २२ भदौ २०८२, १९ : ५४
सारांश
- कुलमान घिसिङले जेनजीको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्।
- घिसिङले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र बेथिति विरुद्ध युवा पुस्ताको आवाजलाई समर्थन गरेका हुन्।
- उनले 'उज्यालो नेपाल अभियान' मार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानको रूपमा लिएका छन्।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी सोमबार गर्न लागेको प्रदर्शनमा आफ्नो ऐक्यबद्धता जनाएका छन्।
बेथितिको अन्त्य र सरकारको केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरुद्धमा युवा पुस्ताले उठाउन लागेको आवाजलाई समर्थन गर्दै घिसिङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले जेनजीले सोमबार निकाल्ने जुलुसमा ‘उज्यालो नेपाल अभियान’को तर्फबाट ऐक्यबद्धता व्यक्त गरेका छन्। घिसिङले 'उज्यालो नेपाल'लाई केवल बिजुलीको उज्यालो मात्र नभई सुशासन, चुस्त सार्वजनिक सेवा, सामाजिक न्याय, र आर्थिक समृद्धिको अभियानका रूपमा परिभाषित गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण