बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

एमाले निर्वाचन आयोगको अध्यक्षमा सुब्बा निर्वाचित

आइतबार, २२ भदौ २०८२, २२ : २८
आइतबार, २२ भदौ २०८२

सारांश

  • डा. विजय सुब्बा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को निर्वाचन आयोगको अध्यक्षमा पुनः निर्वाचित भएका छन्।
  • ललितपुरको गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनले उनलाई सर्वसम्मत चयन गरेको हो।
  • आयोगमा उपाध्यक्षमा सानुराजा पोखरेल र सचिवमा कुन्साङ लामासहित २५ सदस्य चयन गरिएका छन्।

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को निर्वाचन आयोगको अध्यक्षमा डा.विजय सुब्बा पुनः निर्वाचित भएका छन् ।

ललितपुरको गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनले आयोगको अध्यक्षमा डा.सुब्बालाई सर्वसम्मत चयन गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यसअघि पनि उनी अध्यक्ष रहेका थिए ।

यस्तै, आयोगको उपाध्यक्षमा सानुराजा पोखरेल र सचिवमा कुन्साङ लामासहित २५ सदस्य चयन गरिएका छन् । आयोगले पार्टीको राष्ट्रिय महाधिवेशन, मातहतका कमिटी र जनसङ्गठनको निर्वाचन गराउने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप