संसद् भवन अगाडि पुगेपछि प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठीचार्ज, अश्रुग्याँस प्रहार
सारांश
- नयाँ पुस्ताका युवाहरूले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका छन्।
- प्रहरी घेरा तोड्दै उनीहरूले संसद भवन अगाडि प्रदर्शन गर्न खोज्दा अश्रुग्याँस र लाठीचार्ज भयो।
- युवाहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै सामाजिक सञ्जाल सुचारु र भ्रष्टाचार अन्त्यको माग गरेका थिए।
काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरु सडक प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनका क्रममा उनीहरूले प्रहरीको घेरा तोड्दै संसद् भवन अगाडि प्रदर्शन गर्न पुगेका हुन् ।
संसद् भवन घेरेर बोतलहरू प्रहार गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गर्नुका साथै लाठीचार्ज सुरु गरेको छ ।
सरकारले समय सीमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी युवाहरूले सरकार बोल्न दे, देश लुट्न पाइँदैन, भ्रष्टाचार अन्त्य लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । त्यस्तै युवाहरूले देशका वीरगन्ज, पोखरा लगायत अन्य सहरहरूमा पनि प्रदर्शन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण