अपडेट
गृहमन्त्रीसहितका उच्चपदस्थ अधिकारी अनौपचारिक बैठकमा
सोमबार, २३ भदौ २०८२, १३ : २५
काठमाडौँ । जेनजी पुस्ताले गरेको आन्दोलन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू छलफलमा जुटेका छन् ।
गृहमन्त्री रमेश लेखक राज्य व्यवस्था तथा सुशासन समिति बैठक बिचैमा छोडेर मन्त्रालय पुगेपछि उच्च पदस्थ अधिकारीहरू छलफलमा जुटेका हुन् ।
गृहमन्त्री लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेसहितका कर्मचारीहरू आन्दोलनको सूचना संकलन गरिरहेका छन् ।
मन्त्रालयका प्रवक्तासमेत रहेका काफ्लेले आफूहरू एकै स्थानमा बसेर सूचना लिने काम गरिरहेको जानकारी दिए । ‘फिल्डमा के के भइरहेको छ भन्ने विषयमा सबै एकै स्थानमा बसेर सूचना संकलन गरिरहेका छौँ, ’ प्रवक्ता काफ्लेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण