हमासलाई ट्रम्पको अन्तिम चेतावनी
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्धकहरूलाई घर फिर्ता पठाउन र युद्ध अन्त्य गर्न चेतावनी दिएका छन्।
- ट्रम्पले हमासलाई सर्तहरू स्वीकार नगरे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
- अमेरिकाको कडा अडानपछि इजरायल र हमासबीचको द्वन्द्व अन्त्य हुने र मानवीय संकट कम हुने आशा गरिएको छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई अन्तिम चेतावनी दिएका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा ट्रम्पले लेखेका छन्, ‘हर कोही बन्धकहरूलाई घर फिर्ता ल्याउन चाहन्छन् । सबैजना यो युद्ध समाप्त होस् भन्ने चाहन्छन् ! इजरायलीहरूले मेरा सर्तहरू स्वीकार गरेका छन् । अब हमासले पनि तिनीहरूलाई स्वीकार गर्ने समय आएको छ ।’
ट्रम्पले हमासलाई अन्तिम निर्णय लिन चेतावनीको भाषामा लेखेका छन्– ‘मैले हमासलाई चेतावनी दिएको छु ।’ हमासले सर्तहरूमा सहमति जनाएन भने के परिणाम भोग्नुपर्छ भनेर आफूले स्पष्ट रूपमा बताइसकेको पनि पोस्टमा ट्रम्पले लेखेका छन् । ‘यो मेरो अन्तिम चेतावनी हो, अब आउँदैन !’ ट्रम्पले भनेका छन् ।
अमेरिकाले यो कडा अडान लिएपछि इजरायल र हमासबिच चलिरहेको द्वन्द्व समाप्त हुने विश्वास गरिएको छ । गाजामा विगत २३ महिनादेखि चलिरहेको हिंसा र गोलाबारी रोकिने र अभूतपूर्व मानवीय सङ्कटको सामना गरिरहेका प्यालेस्टिनी जनताले राहत पाउने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण