सर्प महोत्सवको तेस्रो संस्करण धनुषामा हुने
सारांश
- धनुषाको मिथिला विहारी नगरपालिकामा नेपाल सर्प महोत्सवको तेस्रो संस्करण आयोजना हुने भएको छ।
- महोत्सवमा सचेतनामूलक स्टल, डकुमेन्ट्री, सांस्कृतिक नृत्य, र सर्प संग्रहालय जस्ता कार्यक्रमहरू समावेश हुनेछन्।
- जनचेतनाको कमीले सर्पदंशका घटना बढिरहेकोले महोत्सवमार्फत जनचेतना फैलाउने लक्ष्य राखिएको छ।
जनकपुरधाम । नेपाल सर्प महोत्सवको तेस्रो संस्करण धनुषाको मिथिला विहारी नगरपालिकामा आयोजना हुने भएको छ ।
सोमबार सेभ द लाइभ सोसाइटी र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा जनकपुरधाममा गरिएको पत्रकार सम्मेलनमा असोज २ र ३ गते महोत्सव हुने जानकारी दिइएको हो ।
महोत्सवमा विभिन्न सचेतनामूलक स्टल, डकुमेन्ट्री प्रदर्शन, पोस्टर प्रस्तुति, फोटो प्रदर्शनी, सांस्कृतिक नृत्य, सर्प संग्रहालय नमुनाको प्रदर्शन, सर्प समाउने र उद्धार गर्ने तरिका तथा कला प्रदर्शनी, नेचर वाक र हर्पिङ लगायतका कार्यक्रम समावेश हुने जनाइएको छ ।
मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार जनचेतनाको कमीले सर्पदंश सम्बन्धी घटना बढिरहेको छ । सामान्य ज्ञान प्राप्त भएमा सर्पदंशबाट बच्न सकिने भएकाले महोत्सवमार्फत जनचेतना फैलाउन खोजिएको उनको भनाइ छ ।
मण्डलले थपे, ‘सर्पदंशबाट कसरी जोगिने, प्राथमिक उपचार कसरी गर्ने, सर्पले टोक्दा के गर्ने, सर्पदंशका लक्षण, सर्पका प्रजाति, धारणा तथा मानव–सर्प द्वन्द्वबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव गर्न लागिएको हो ।’
यसअघि पहिलो संस्करण नवलपुरको कावासोती नगरपालिकामा र दोस्रो संस्करण रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण