जेनजीको मागप्रति संवेदनशील बन्न सरकारलाई महरको आग्रह
सारांश
- नेपाली कांग्रेसका नेता नैनसिंह महरले युवा पुस्ताको आन्दोलनमा भएको हिंसाप्रति दुःख व्यक्त गरे।
- उनले सरकारलाई आन्दोलनकारीका माग सम्बोधन गर्न र घाइतेको उपचारको व्यवस्था गर्न आग्रह गरे।
- महरले युवा पुस्ताको आवाजलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा पुस्ता (जेनजी) को आन्दोलनमा भएको हिंसा र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूको मागप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेका छन्। उनले सरकारलाई अभिभावकको भूमिका निभाएर जिम्मेवार बन्न र आन्दोलनकारीका माग सम्बोधन गर्न पनि आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै नेता महरले लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण रूपमा आवाज उठाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताएका छन्। तर, आन्दोलनमा हिंसा र घुसपैठ हुनु दुखद भएको उनको भनाइ छ।
महरले आन्दोलनमा घाइते भएकाहरूको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न र ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्। उनले देशको भविष्य, सुशासन र न्यायका लागि युवा पुस्ताले उठाएका आवाजलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन्।
सरकारलाई आन्दोलनरत पक्षका जायज मागहरूलाई बेवास्ता नगरी तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न पहल गर्न पनि महरले आग्रह गरेका छन्। उनले आन्दोलनरत पक्षलाई पनि संयमित र शान्तिपूर्ण रहन आह्वान गरेका छन्।
नेपाली कांग्रेस नागरिक अधिकार र लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा सदैव दृढतापूर्वक उभिने प्रतिबद्धतासमेत महरले व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण