शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जनमत पार्टीद्वारा आन्दोलनमा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त, शान्तिपूर्ण संवादमार्फत समाधानको आग्रह

सोमबार, २३ भदौ २०८२, २२ : ३२
सोमबार, २३ भदौ २०८२

सारांश

  • जनमत पार्टीले जेन-जी पुस्ताको प्रदर्शनमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ।
  • पार्टीले घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गरेको छ।
  • जनमत पार्टीले शान्तिपूर्ण प्रदर्शनका लागि आग्रह गर्दै आगामी रणनीति बनाउन बैठक बसेको छ।

काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको ठूलो मानवीय क्षति र सयौंको संख्यामा प्रदर्शनकारी घाइते भएको घटनाप्रति जनमत पार्टीले गहिरो दुःख, पीडा र गम्भीर चिन्ता व्यक्त गरेको छ।

पार्टीले पत्रकारलगायत सम्पूर्ण घाइतेको तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउन र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। साथै, प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउन सबै पक्षलाई आग्रह गरेको छ।

“राजनीतिक व्यवहारमार्फत मात्र वर्तमान संकट समाधान गर्न सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ,” पार्टीको विज्ञप्तिमा उल्लेख गरिएको छ।

जनमत पार्टीले सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको सूक्ष्म विवेचना गरी आगामी रणनीति तय गर्न सचिवालय बैठक जारी रहेको महासचिव चन्दन कुमार सिंहले जानकारी दिएका छन्।

यसैबिच प्रवक्ता शरदसिंह यादवले आन्दोलनले जनताको अधिकार र उपलब्धिहरूलाई संरक्षण र सबलीकरण गर्दै अगाडि बढ्ने आशा लिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप