निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
सारांश
- जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै निजी विद्यालयहरूले शोक बिदा दिने निर्णय गरेका छन्।
- निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले भदौ २४ र २५ गते शोक बिदा दिने निर्णय गरेका हुन्।
- विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवा तथा विद्यार्थीहरूप्रति दुःख व्यक्त गरिएको छ।
काठमाडौँ । जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिइने भएको छ ।
निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै भनिएको छ–'देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ । विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ ।'
'यस अकल्पनीय घटनाले हामी सबैलाई गहिरो पीडा दिएको छ । हामी दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दछौँ । शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । साथै, उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यस्तो दुःखद बिषयमा निर्णय लिनु परेको यस मार्मिक र पीडादायी घडीमा, मिति २०८२ भाद्र २४ र २५ गते शोक बिदा दिने निर्णय गरिएको जानकारी गराइन्छ', विज्ञप्तिमा भनिएको छ ।
नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त सिवज्ञप्तिमार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण