हेटौँडा उपमहानगरकी मेयर लामाको राजीनामा माग गर्दै जेनजीको प्रदर्शन
मङ्गलबार, २४ भदौ २०८२, १० : ५२
सारांश
- हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको राजीनामा माग गर्दै जेन्जी समूहले प्रदर्शन गरेको छ।
- मेयर लामाको तराई मधेसका विद्यार्थीलाई विभेदपूर्ण अभिव्यक्तिको विरोध गर्दै युवाहरूले प्रदर्शन गरेका हुन्।
- युवाहरूले मकवानपुर क्याम्पसका बोर्ड तोडफोड गर्नुका साथै प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन्।
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको राजीनामा माग गर्दै जेन्जी समूहले प्रदर्शन गरेको छ । मेयर लामाको अभिव्यक्ति प्रति असन्तुष्टि व्यक्त गर्दै जेन जी पुस्ताले राजीनामा माग गरेको हाे । मेयर लामाले सोमबार तराई मधेसका विद्यार्थीलाई विभेदपूर्ण अभिव्यक्ति दिएकी थिइन् ।
आक्रोशित युवाहरूले मकवानपुर बहुमुखी क्याम्पस प्राङ्गणमा रहेको स्ववियु र दलका भातृ सङ्गठनका बोर्डहरू समेत तोडफोड गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेका छन् ।
सरकार विरुद्ध नाराबाजीसहित मुख्य नेताहरूको घर घेर्न प्रदर्शनकारी नगर परिक्रमा गरिरहेका छन् । प्रदर्शनकारीहरूलाई सर्वसाधारणले समेत समर्थन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण