चर्कियो आन्दोलन, मकवानपुरमा पनि कर्फ्यु लाग्यो
मङ्गलबार, २४ भदौ २०८२, १२ : १८
सारांश
- हेटौँडामा जेनजी पुस्ताको आन्दोलनका कारण दिउँसो १ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ।
- मकवानपुर जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कर्फ्यु आदेश जारी गरेको छ।
- कर्फ्यु क्षेत्र पूर्वमा सानोपोखरा पुलदेखि पश्चिममा राप्ती पुलसम्म तोकिएको छ, र उल्लङ्घन गर्नेलाई कारबाही हुनेछ।
हेटौँडा । जेनजी पुस्ताको आन्दोलन चर्किएसँगै मकवानपुर जिल्लाको हेटौँडा क्षेत्रमा आज दिउँसो १ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम कर्फ्यु आदेश जारी गर्दै तोकिएको क्षेत्रभित्र भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउसमेत निषेध गरिएको जानकारी दिएका छन्।
जारी आदेशअनुसार कर्फ्यु क्षेत्र पूर्वमा सानोपोखरा पुलदेखि पश्चिममा राप्ति पुलसम्म, उत्तरमा चौकीटोलस्थित अस्थायी प्रहरी पोष्टदेखि दक्षिणमा वन विज्ञान अध्ययन संस्थानको गेटसम्म रहनेछ।
जिल्ला प्रशासनले आदेश उल्लङ्घन गर्ने जो कोहीमाथि कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण